प्रहरीसहित ४ जनामा कोरोना देखियाे

प्रहरीसहित ४ जनामा कोरोना देखियाे

सुर्खेत : कर्णाली प्रदेशमा थप ४ जनामा काेराेना देखिएकाे छ । सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । संक्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *