काेराेनाबाट थप १ जनाकाे मृत्यु, दाहसंस्कार पछि काेराेना पुष्टि

काेराेनाबाट थप १ जनाकाे मृत्यु, दाहसंस्कार पछि काेराेना पुष्टि

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिका- ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएकाे ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेकाे पुष्टि भएको छ ।

जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी दमका रोगी भएकाले होम आइसोलेसनमा बस्न भनिएको थियाे । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २० गते मृत्यु भयो ।

मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाे थियाे । तापनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । अहिले गाँउपालिकाका सबै नाका र वडा नं. ३ सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो ।

उनीसँगै अन्य १२ जना नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । अहिलेसम्म मृत्यु भएका ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *