कोरोना संक्रमित बढे पछि जुम्लाकाे दुइ वडा सिल

कोरोना संक्रमित बढे पछि जुम्लाकाे दुइ वडा  सिल

कोरोना संक्रमित बढे पछि जुम्लाकाे दुइ वडा सिल गरिएको छ । दैनीक रूपमा काेराेना संक्रमित बढे पछि चन्दननाथ नगरपालिकाका दुईवटा वडा सिल गरिएको हाे ।

जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन रहेको कर्णाली प्राविधिक शिक्षालयको व्यवस्थापनमा लागेका स्थानीय सम्बन्धित वडाका भएको र निजहरुले घर आउने-जाने गरेको बुझिन आएकाले वडा नं २ र ३ लाई सिल गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्ला भित्रको क्षेत्रलाई सिल गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *