मनीषा कोइरालाको कोरोना परीक्षणको रिपोर्ट आयो

मनीषा कोइरालाको कोरोना परीक्षणको रिपोर्ट आयो

क्वारेन्टाइनमा बसिरहेकी अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार आफ्ना आमाबुवासँगै निजी गाडीमा भैरहवा (बेलहिया) नाका हुँदै नेपाल आएकी कोइराला आमा बुवा संगै क्वारेन्टाइनमा बसेका थिए ।

भारतबाट नेपाल आएलगत्तै सेल्फ-क्वारेन्टाइनमा बसेका उनीहरुले कोरोना भाइरस संक्रमण जाँच गरेका थिए । कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि उनिहरु अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न छन् ।

मनीषा र उनका आमाबुवा गोरखपुरसम्म विमानमा आएर त्यहाँबाट स्थलमार्ग हुँदै बेहलिया नाका आएका थिए। त्यहाँ सामान्य स्वास्थ्य परीक्षण गरी उनीहरू काठमाडौं आएका हुन्।

केहिदिन अगाडी नेपालले नयाँ नक्सा जारीगरे संगै नेपालको पक्षमा ट्वीट गरेकी कोइराला भारतीय मिडियाको निशानामा परेकी थिइन । नेपालको पक्षलिए संगै भारतीय मिडियामा उनको चर्को आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *