थप २१० जनामा कोरोना देखियो

थप २१० जनामा कोरोना देखियो

काठमाडौं: पछिल्लो केहीदिनदेखि निरन्तर बढिरहेको कोरोना संक्रमण बिहिबार पनि कायमै रहेको छ । बिहिबार दिउसोसम्म नेपालमा कर्णाली प्रदेश, गण्डकी प्रदेश, कपिलवस्तु, रौतहट, मुगु, सिन्धुली, तेह्रथुम लगायतका ठाउमा गरि थप २१०  जनामा कोरोना संक्रमण देखिएको छ ।

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जना गरि ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ । मुगुका संक्रमित खत्याडका पुरुष हुन् ।

रौतहटमा पनि एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये इशनाथ नगरपालिकाकाका ४६ जना, गढीमाइ नगरपालिकाका ७ जना, गुजरा नगरपालिकाका ८ जना, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका एक–एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।

कपिलवस्तुमा काेराेना भाइरस (कोभिड १९) थप १२ जनामा संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे वाडगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ पर्षीय पुरुष १ जनामा काेराेना पाेजेटिभ भेटिएकाे हाे ।  साेही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना गरी कुल ६ जनामा काेराेना भेटिएकाे हाे । यसैगरी यशोधरा गाउँपालिका पनि ६ जना रहेका छन् । साे गाउँपालिकाकाे वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरू ६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

गण्डकी प्रदेशमा थप १६ कोरोना सङ्क्रमण देखीएकाे छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ ।  नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् ।  म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

तेह्रथुममा पनि दुईजनामा काेराेना देखिएकाे छ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको हाे । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

सिन्धुलीमा भारतबाट आएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कमलामाई नगरपालिका १४ चन्दनपुरका २३ वर्षीय वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयाे । संक्रमित पुरुष भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थीए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *