नेपालमा थप २८८ जनामा कोरोना देखियो

नेपालमा थप २८८ जनामा कोरोना देखियो

काठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप २८८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । जुन एकैदिन भेटिएका संक्रमितको संख्या हेर्ने हो भने अहिलेसम्मकै धेरै हो । संक्रमित मध्ये २७०  पुरूष तथा १८  जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार मंगलबार नेपालमा थप २८८ जनामा कोरोना देखिएको छ ।

हालसम्म आरडिटी विधिबाट १ लाख १६  हजार ३४५  जनाको नमुना परीक्षण भएको छ । त्यस्तै १ लाख ४५  हजार ३७५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्य धेरै जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् ।  पछिल्लाे विवरण अनुसार ४५  जना डिस्चार्ज भएका छन् । यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २६६ रहेको छ  । आइसोलोसनमा रहेका १ हजार ८२५ जना छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *