प्रचण्डले गरे अन’शन बस्ने घो’षणा

प्रचण्डले गरे अन’शन बस्ने घो’षणा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार अन’शन बस्ने चेता’वनी दिएका छन् । नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । नेकपा अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार चलाइरहेको बेला सत्तारुढ दल नेकपा अध्यक्ष ‘प्रचण्ड’ले अनश’न बस्ने घोषणा गरेका हुन् ।
प्रचण्डले अनश’न बस्ने भनेर गरेको घोष’णालाई अनौठो मानिएको छ । प्रचण्डले चाहेमा ओलीलाई सामान्य सि’फारिस गर्दा समेत जुनसुकै काम पनि हुनसक्छ ।
प्रचण्डले प्रदेश २ को जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अन’शन बस्ने घो’षणा गरे । नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मधेशको विकासका लागि जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म पुग्ने बाटो महत्वपूर्ण भएको बताएका छन् ।
जनताले समय–समयमा आ’वाज उठाउँदा समेत सरकारले ध्यान नदिएको गुना’सो व्या’प्त रहेका बेला प्रचण्डले तत्काल सहानुभूति बटुल्न अन’शनको घोष’णा गरेको अनु’मान समेत गर्न थालिएको छ ।
दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सु’स्त भएको भन्दै उनले अस’न्तोष व्यक्त गरेका हुन् । उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अब पनि ढिला सुस्ती भयो भने म समेत अन’शन बस्न नपरोस्।’
उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तु’ष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको प्रचण्डले बताए ।
प्रचण्डले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको पनि दोहोर्याए । आफूले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको स्मरण गर्दै उनले काठमाडौं फर्केर प्रधानमन्त्री ओलीसँग संविधान सं’शोधनका लागि छलफल गर्ने आश्वासन समेत दिए।
प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टा’चार वि’रोधीलाई म’त दिन आ’ग्रह पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *