श्रीमानको हत्या आरोपमा श्रीमती प’क्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती प'क्राउ

श्रीमान\को हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। बर्दियाको बाँसगढी नगरपालिका ६ निवासी ५० वर्षीया दिलमाया दरैलाई श्रीमान हत्याको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका ६ का ५२ वर्षीय समला दरैलाई उनकै श्रीमती दिलमाया दरैले मारेर परार भएकी थिइन्। श्रीमानलाई मारेर फरार रहेको टेलिफोनमार्फत प्रहरीलाई सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। फरार रहेकी दरैलाई बाँके जिल्ला खजुरा गाउँपालिका ७ स्थित गुनाना भन्ने स्थानमा फेला पारेको बर्दियाका प्रहरी निरीक्षक राजेसनाथ बास्तोलाले जानकारी दिए। प्रहरीको उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियामा ल्याई कर्तब्य ज्यानमुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी बास्तोलाले बताए। बिहीबार बेलुका श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको छ। महिलाले दिएको बयानअनुसार श्रीमान अत्याधिक मदिरा पिउने बानी भएका कारण मुङ्ग्रोले हिर्काएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *