‘विश्व परिवेशमा परिवर्तन आएपनि असं’लग्न आ’न्दोलनको महत्त्व उस्तै’

‘विश्व परिवेशमा परिवर्तन आएपनि असं’लग्न आ’न्दोलनको महत्त्व उस्तै’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि असं’लग्न आ’न्दोलनको महत्त्व र सान्दर्भिकता उत्तिकै रहेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा जारी असंलग्न आन्दोलन (नाम) कोे १८औं शिखर सम्मेलनको एक सत्रमा शुक्रबार अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विश्व परिवेशमा परिवर्तन आए पनि असं’लग्न आ’न्दोलनको महत्त्व उत्तिकै रहेको बताएका हुन्।

शिखर सम्मेलनमा नेपाल एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष चयन भएको छ । उपाध्यक्ष चयन भएपछि प्रधानमन्त्री ओलीले नाम सम्मेलनको अध्यक्षता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

शिखर सम्मेलन उद्घा’टन गर्दै भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले असंलग्न आन्दोललाई थप स’क्रिय बनाउन आवश्यक रहेको बताए। संयुक्त राष्ट्रसंघको ७४ महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले नामलाई अन्तर्राष्ट्रिय शान्ति एवं सु’रक्षा प्रवर्द्धन गर्न आग्रह गरे।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभ आउँदो तीन वर्षका लागि नयाँ अध्यक्षमा चुनिएका छन् । उनले नामलाई समयसापेक्ष र प्रभावकारी बनाएर अघि बढाउन लागिपर्ने बताए । सार्कमा समेत नेतृत्व गरिरहेको नेपाल नामको उपाध्यक्षमा चयन भएको छ । हरेक क्षेत्रबाट उपाध्यक्ष रहने प्रावधान छ।

प्रधानमन्त्री ओलीले ‘समसामयिक विश्वका चुनौतीलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको पालना’ विषयमा बाकु कन्भेन्सन सेन्टरमा जारी सम्मेलनमा अध्यक्षता गरेका हुन्। ‘नामको अध्यक्षता लिएका अजरबैजानका राष्ट्रपति अलियेभपछि उक्त स’त्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको हो,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘प्रधानमन्त्री ओलीले १९औं राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म अध्यक्षता गरेपछि अलियेभलाई अध्यक्षता हस्तान्तरण गर्नुभयो।’ नेपाल एसिया प्रशान्त क्षेत्रबाट नामको उपाध्यक्ष भएकाले स’त्रको अध्यक्षता गर्ने अवसर जुरेको हो।

‘पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता, समानता र स्वाधीनताको सम्मानजस्ता विषय विश्वव्यापी रूपमा उत्तिकै सान्दर्भिक छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्मेलन बाङडुङको भावनाअनुरूप असंलग्न आन्दोलनको आधारभूत सिद्धान्त र तिनको आधारभूत आवश्यकताअनुसार अघि बढ्न आवश्यक छ।’ शीतयु’द्धमा नेटो र वार्साजस्ता शक्तिको पछि नलागेका मुलुकको अगुवाइमा नाम बनेको स्म’रण गर्दै ओलीले भने, ‘विश्वमा घा’तक ह’तियार बनाउने काम रो’किएको छैन। यसको भण्डारण बढेको छ।’ नेटो र वार्साको द’बदबा अ’न्त्य भए पनि आर्थिक, व्यापारिक, प्राविधिक प्र’तिस्पर्धा कायमै रहेको अवस्थामा नामको सान्दर्भिकता उत्तिकै रहेको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको स\मस्या समा’धान गर्न पनि सदस्य मुलुकबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपालले ‘सगरमाथा संवा’द’ अन्तरगत जलवायु परिवर्तनको स’मस्याबारे अन्तर्राष्ट्रिय बह’स गर्न लागेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया विश्वका लागि अनुकरणीय रहेको दा’बी गरेका थिए। प्रधानमन्त्रीले नामलाई नयाँ परिभाषामा अघि बढाउन आवश्यक रहेको बताए। नामको सचिवालय राखेर यसको भूमिका थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोग प्रमुख अमृतबहादुर राईले पनि नाम सम्मेलनमा आ-आफ्नो स’त्रमा धारणा राखेका छन्।

प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, सल्लाहकार, परराष्ट्र र अन्य मन्त्रालयका वरिष्ठ अधिकारी, सञ्चारकर्मी तथा अधिकारीहरू छन्। असंलग्न आन्दोलनको संस्थापक राष्ट्रका हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएको छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *