शुक्रबार पाथीभरा माताको दर्शन गरि जानुहोस तपाईंको आजको राशिफल

शुक्रबार पाथीभरा माताको दर्शन गरि जानुहोस तपाईंको आजको राशिफल

०१ कार्तिक २०७६ शुक्रवार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्रा रहला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । पारिवारिक समस्यापनि आइपर्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । परिवार संग रमाइलो भेटघाट हुनेछ । मठ मन्दिर तथा धार्मिक भ्रमण हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । विद्याको क्षेत्र लाभदायी रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । लगनशील भएमा कामहरू अगाडी बढ्नेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा अधिक धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला । प्रेममा मनमुटाव रहन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज आत्मिक सन्तुष्टि मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *