राष्ट्रपति भण्डारीले गरिन म्यानमारका समकक्षीसँग भेटवा’र्ता

राष्ट्रपति भण्डारीले गरिन म्यानमारका समकक्षीसँग भेटवा’र्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका समकक्षीसँग आज भेटवा’र्ता गर्दै छिन् । म्यानमार गण’तन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार पुगेकी राष्ट्रपति भण्डारीले आज आफ्ना समकक्षीसँग भेटवा’र्ता गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ । उनी भ्रमणकाे क्रममा राजधानी नेपित पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई स्वागत गर्न म्यानमार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङ विमानस्थल पुगेका थिए ।
राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।
राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवा’र्ता हुनेछ। राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ । आजै म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेकाे छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यानमारका डि’फेन्स स’र्भिसका क’मान्डर इन चिफले भेट गर्ने छिन् । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ। यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यानमारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *