धर्मगुरुद्वारा युवतिमाथि यौ’नशो’षण

धर्मगुरुद्वारा युवतिमाथि यौ’नशो’षण

काठमाडौं : ‘धर्मगुरु’ भनेर चिनिने एक लामाले छाला राे’गकाे उ’पचार गरिदिने भन्दै एक युवतिलाई याै’न शाे’षण गरेकाे पाइएकाे छ । रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामाले धार्मिक विधिबाट उपचार गरिदिने भन्दै गुम्बामा लगेर युवतीको यौ’न शो’षण गरेको आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

उपचारका नाममा युवतिहरुलाई याै’न शाे’षण गरेकाे आ’रोपमा उच्च अदा’लत पाटनले रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई ७ वर्ष कै’द र ३० लाख रुपैयाँ क्ष’तिपुर्तिको फै’सला सुनाएकाे छ । निर्दो’ष ठ’हर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी सहयोगीलाई समेत साइ’बर अप’राधमा दो’षी ठ’हर गरेको छ ।

दक्षिणकाली, चाल्नाखेलमा ‘पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा’ खोलेका लामालाई ड’र, त्रा’स, धा’क देखाई क’रकाप र झु’क्यानमा पारी एवम् शरीर ब’न्धक राखी युवतीमाथि क’रणी गरेको ठ’हर गर्दै अदा’लतले स’जाय तोकेको हो ।

उच्च अदा’लत पाटनको फैस’लापछि प्रहरीले लामालाई मंगलबार प’क्राउ गरेको छ । लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आप’त्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अ’भियोगमा अदा’लतले दो’षी ठ’हर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *