त्रिवि स्नातकोत्तर दोस्रो वर्ष प्राइभेटको फारम भर्नेका समय थपियो

त्रिवि स्नातकोत्तर दोस्रो वर्ष प्राइभेटको फारम भर्नेका समय थपियो

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको प्राइभेट तर्फको परिक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ । परिक्षा फारम भर्नेको भीड धेरै भएपछि त्रिविले राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको हो ।

कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक भीड भएकाले समय थप गरिएको उनले बताए । दोब्बर दस्तुर तिरेर फारम भर्ने मिति भने कात्तिक १९ गतेसम्म बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *