राष्ट्रपति भण्डरीले शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म जाँदा गरिन् सरकारी हेलिकप्टरको प्रयोग

राष्ट्रपति भण्डरीले  शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म जाँदा गरिन् सरकारी हेलिकप्टरको प्रयोग

काठमाडौं। विगतका शाहवंशीय राजाहरुले समेत नगरेको काम गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नु भएको छ ।

जुन काम हो । झण्डै २ किलोमिटरमा रहेको शितल निवास वाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म जाँदा पनि सरकारी हेलिकप्टरको प्रयोग गर्नु । राज्यकोषको रकम र साधन श्रोतको मनलाग्दो प्रयोग गर्नु । म्यानमार भ्रमणमा जाने क्रममा आज बुधबार बिहान राष्ट्रपति भण्डारी शीतल निवासदेखि पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म हेलिकप्टरमा पुग्नु भयो ।

उहाँको करोडौं सरकारी रकम लगानी गरी किनिएका भिआइपि कार जिप भएपनि त्यसमा अझै असुविधा हुने भएकाले राष्ट्रपति भण्डारीलाई हेलिकप्टर चाहिएको हो । यस्तो सुविधा नत विगतमा कुनैपनि राजाहरुले समेत लिएका थिए ।

उनीहरु विमानस्थल पुग्दा प्रायः कारनै प्रयोग गर्दथ्ये । त्यो भन्दापनि माथि सरेर गणतन्त्र नेपालको राष्ट्रपति अझै कम्युनिष्ट पार्टीवाट निर्वाचित हुनु भएको राष्ट्रपति ज्युले यस्तो काम गर्दा नेपाल र नेपाली जनतामा ठुलो व्रजपात भएको छ । देशमा कस्तो सत्ता ,कस्ता नेता र कस्ता राष्ट्र हाँक्ने नेता भएछन भन्ने ज्वलन्त उदाहरण पनि हो । कारमा जाँदा पनि वढीमा ५ मिनेट लाग्ने वाटोमा राष्ट्रपतिले हेलिकप्टर चढने विषय सामान्य नभएको राजनीतिक विश्लेषकहरुले वताएका छन ।

उता ट्राफिक व्यवस्थानका कारण स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको सरकारी सुरक्षा अधिकारीहरुले वताएका छन । चिनीया राष्ट्रपति सि जिनपिङग समेत विमानस्थल वाट सोल्टी होटल कारमा पुग्न सक्नुहुन्छ भने नेपालका राष्ट्रपति भण्डारी भने शितलनिवास वाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सक्नु भएन । उहाँलाई हेलिकप्टर नै चाहियो । यो आश्चार्यजनक विषय मात्र होइन यो त राष्ट्रको ढुकुटीको दुरुपयोग हो विश्लेषकहरु वताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *