नेपालमा थप १६६ जनामा कोरोना देखियो

नेपालमा थप १६६ जनामा कोरोना देखियो

काठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप १६६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार शनिवार नेपालमा थप १६६ जनामा कोरोना देखिएको छ । यो सँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । शनिवार दिउँसाे नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या १ हजार ४ सय १ पुगेको जानकारी दिएका हुन् ।

पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १०९ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै देशभर १ लाख १९ हजार १९२ जना क्वारेन्टाइन रहेका छन् भने जना १ हजार ३४९ आइसुलेसनमा रहेका छन् ।

त्यस्तै आज थप १३ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार १७२ जना पुरुष र ४८ जना महिला गरेर हालसम्म डिस्चार्ज हुनेकाे संख्या २२० पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *