नेपालमा काेराेनाबाट थप १ जनाकाे मृ’त्यु

new

नेपालमा कोरोनाबाट थप १ जनाको मृ’त्यु, मृतकको संख्या ८ पुग्यो

धनगढी । नेपालमा कोरोनाबाट थप १ जनाको मृ’त्यु भएको छ ।

सुदूरपश्चिम स्थित बाजुरामा कोरोना भाइरसबाट एक बालिकाको मृ’त्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृ’त्यु भएको हो ।

८ दिन अघि मात्रै बालिका सहित उनका बाआमा भारतबाट फर्किएका थिए । बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा आज बिहान मृ’त्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ ।

यस्तै मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना देखिएको बताइएको छ । संक्रमित आमालाई अहिले सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ ।

मृ’तक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो ।

यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *