कर्णाली भयावह बन्दै काेराेना : एकैदिन देखियाे ६३ जनामा संक्रमण

कर्णाली भयावह बन्दै काेराेना : एकैदिन देखियाे ६३ जनामा संक्रमण

सुर्खेत – कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा ३७ जनामा कोराना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १ सय २३ पुगेको छ ।

आजै पर्सामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै संक्रमितको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *