हिमाल उदासीले गरे अछाम गजल मञ्चको नाममा अक्षयकोषको घोषणा

हिमाल उदासीले गरे अछाम गजल मञ्चको नाममा अक्षयकोषको घोषणा

अछाम गजल मञ्चका पुर्व अध्यक्ष हिमाल उदासीले अछाम गजल मंच अछामको नाममा अक्षयकोषको घाेषणा गरेका छन । वैवाहिक सम्बन्धको पाँच बर्ष पूरा गरेको अवसरमा मञ्चका पुर्व अध्यक्ष गजलकार उदासीले पचास हजार राशीको अक्षयकोषको घोषणा गरेकाे बताएका छन ।

उदासीले अछाम जिल्लाको कला साहित्य सस्कृतीको क्षेत्रमा बिगत लामो समयदेखी क्रियासिल सस्था अछाम गजल मंचको नाममा रहने गरि अक्षयकोष घोषणा गरेका हुन । अक्षयकोषबाट अछाम जिल्लाको साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टा, सर्जक र कृतिलाइ प्रत्येक बर्ष पुरुस्कारसहित साधना सम्मान गरिने समेत उदासीले बताएका छन् । नेपाली गजल साहित्यमा बेग्लै पहिचान बनाउन सफल अछाममा गजल लगायत अन्य साहित्यिक कर्ममा लागेकाहरुको हौसला तथा अछामी साहित्यको विकास, संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कोषको घोसणा गरिएको हो ।

मञ्चको स्थापना कालका एक अभियन्ता समेत रहेका उदासीको संयाेजकत्वमा २०७१ साल असाेज २५ र २६ गते अछाममा राष्ट्रिय गजल महाेत्सव अायाेजना गरिएको थियाे । गजल वाचन, राष्ट्रिय गजल प्रतियोगिता, बाल गजल प्रतियोगिता, पुस्तक प्रदर्शनी, गजल साँझ, गजल गायन लगायतका कार्यक्रम गर्दे गजल महाेत्सव २०७१ सम्पन्न भएको थियाे । गजल महाेत्सवमै सुनिता रावलसंग विवाह गरेका उदासी दम्पतीले आफ्नो विवाह उत्सवमा गरिने फजुल खर्चलाई राम्राे काममा प्रयाेग गर्न सकिने सकारात्मक सन्देश समेत दिएका छन । गजल महाेत्सवमा एक मिनेटमा विवाह बन्धनमा बाधिएका उदासीले विवाह, विवाहको बार्षिक उत्सव लगायतका काममा गरिने खर्चलाई सामाजिक कार्यमा खर्चिन सबैलाई अनुराेध समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *