नेदरल्याण्डले दियाे नेपाललाइ १३४ रनकाे लक्ष्य

नेदरल्याण्डले दियाे नेपाललाइ १३४ रनकाे लक्ष्य

काठमाडौं- ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपालले १३४ रनकाे मध्यम लक्ष्य पाएकाे छ । अहिले नेपालले ब्याटिङ गरिरहेकाे छ ।

जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्ड विरुद्धको खेल नेपालका लागि सहज भने छैन । नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । अन्तिम पटक यी दुई टीम टी २० मा इंग्ल्याण्डको लड्र्समा खेलेका थिए । तर सो खेल बर्षाका कारण रद्द भएको थियो ।

खेल समय , लाइभ कहाँ हेर्ने , मैदान :
ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । आयोजक ओमान क्रिकेटले नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ । ओमानले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण हुने जनाएको छ । खेलको अपडेट मेरो क्रिकेट डट कमको फेसबुक पेज र वेबसाइटमा पनि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *