अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं : अविरल वर्षाले मौसम प्रतिकूल भएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । भिजिविलिटी कम भएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएकोमा भर्खरै खुला गरिएकाे हाे । विमानस्थलबाट हुने दुवैतर्फका उडान भने रोकिएको थिएन।

अवरु’द्ध भएकाे अवतरण डेढघण्टापछि शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान-अवतरण हुँदैआएका छन् ।

मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौंका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *