रेखा थापाको झटारो: ‘यो के पाराको बिरोध हो ? चर्चा पाउन त्यत्ती लफाडा गर्न पर्दैन हिम्मत भए क्रान्ति गर’

रेखा थापाको झटारो: ‘यो के पाराको बिरोध हो ? चर्चा पाउन त्यत्ती लफाडा गर्न पर्दैन हिम्मत भए क्रान्ति गर’

नायीका रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति संकेत गर्दै त्यसको विरोध गरेकी छन् । उनले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै थापाले शाहीको नाम उल्लेख नगरेरै ब्यग्य गरेकी छन् । उनले शाहीले चर्चा बटुल्न त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् ।

थापाले स्टाटसमा कसैको नाम भने उल्लेख गरेकी छैनन् । तर उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन । उनले लेखेकी छन् यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा( विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ । उनले शाहीलाई छुद्र ब्यवहार प्रर्दशन गरेर औकात देखाएको टिप्पणी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *