मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौं सडक दुर्घटनामा २ जनाकाे ज्यान गउकाे छ ।  बालाजुमा मिनिट्रक र स्कुटर एकअापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हाे । बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ। घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले प’क्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *