जंगलमा भेटियो बेवा’रिसे शिशु जिउँदै उ’द्धार

जंगलमा भेटियो बेवा’रिसे शिशु  जिउँदै उ’द्धार

जाजरकोट : जिल्लाको भेरी नगरपालिका १३ कुदुको जंगलमा बेवा’रिसे एक नवजा शिशु भेटिएको छ । भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगलमा सोही जंगलको चौकीदारको रुपमा कार्यरत स्थानीय लालसरी विकले गत सोमवार बेवा’रिसे नवजात शिशु फेला पारेकी हुन् । अहिले शिशुको जाजरकोट अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

विकले नवजात शिशुलाई प्लाष्टिकले बेरेर जंगलमा फा’लिएको अवस्थामा फेला पारेपछि प्रहरी चौकी कुदुमा खबर गरेको प्रहरीले जनाएको छ । बच्चालाई तत्काल जीवितै उ’द्धार गरी उपचारका लागि जाजरकोट अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले अहिले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् । प्रहरी प्रमुख खत्रीले भने, ‘बच्चालाई बेवा’रिसे अवस्थामा कस्ले र किन फाल्यो हामीले अनुस’न्धान गरिरहेका छौं, सत्य तथ्य छिटै पत्ता लगाउँछौं ।’ अ’वैध ग’र्भधारण गरेको शिशु फा’लिएको हुन सक्ने प्रहरीले आशं’का गरेको छ ।

नवजात शिशु छोरा रहेको र अस्पतालमा हुर्काउन समस्या भैरहेको बताउँदै गर्दा एक जना कृष्ण भट्टराई भन्ने व्यक्तिले आफूले उक्त शिशु धर्म पुत्रको रुपमा पाल्न पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा नि’वेदन दिएको बताइएको छ । बेवारिसे भेटिएका शिशु हस्तान्तरण गर्ने अधिकार स्थानीय तहलाई भएकोले सक्कलै निवेदन भेरी नगरपालिकामा पठाईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *