बेलायतमा कोरोनाबाट ६५ नेपालीको मृ’त्यु

बेलायतमा कोरोनाबाट ६५ नेपालीको मृ'त्यु

लण्डन :  बेलायतमा कोरोना संक्रमणबाट ज्यान गु’माउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको नि’धन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् ।

सबैभन्दा बढी मृ’त्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ ।

हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण नि’धन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । नि’धन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । कोरोनाका कारण ज्या’न गुमाउनेहरुप्रति नेपाली दूतावास लन्डनले हार्दिक समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *