प्रधानमन्त्रीलाई आराम गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्रीलाई आराम गर्न चिकित्सकको सुझाव

काठमाडौं, २३ भदौ : स्वास्थ्य प्रतिकुल भएपछि सिंगापुरमा दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि चिकित्सकले सल्लाह दिएका छन् । १२ वर्ष पहिले प्रत्याराेपण गरिएकाे मिर्गाैलमा फेरि समस्या देखिएपछि उनलाई यस्ताे सुझाव चिकित्सकहरुले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *