यसकारण म’र्न खोजिन् झुप्री भण्डारी – भिडियाे

यसकारण म’र्न खोजिन् झुप्री भण्डारी - भिडियाे

अछामकी झुप्री भण्डारी अहिले दि भ्वाइस अफ नेपाल रियालिटी शोकी चर्चीत प्रतिस्पर्धी हुन् । दृ’ष्टिविहीन झुप्रीले भ्वाइस अफ नेपालमा गाएको डेउडा गीत सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्यो । उनका भो’गाइ र स्वरलाई दर्शकले आँ’शु झा’र्दै हेरे ।

उनै झुप्री भण्डारीले हामीसँग आफ्नो कहालिलाग्दो अनु’भव सा’टेकी छिन् । घर र समाजले गरेको अ’त्याचार र वि’भेदले आफुले वि’ष सेवन गर्न बाध्य भएको बताएकी छिन् । ‘पलपल मर्नभन्दा एक पटक मर्न ठिक हुन्छ भनेर १३ वर्षको उमेरमा मुसाको विष सेवा गरेकी थिएँ । तर, सयम नआएसम्म नमरिदो रहेछ’, उनले भनिन्, ‘१४ वर्षको उमेरमा पनि मेटासिट खाएको थिएँ । तर, कालले पनि माया गरेन ।’ झुप्री अहिले ३० वर्ष पुगिन ।

दृष्टिविहिनी भएकै कारण उनलाई समाजमा राम्रो कपडा लगाउँदा पनि जिस्काउने, बाटोमा हिड्दा पनि उनलाई देखेपछि बाटो तल झर्ने, अनेक गा’ली गर्ने गर्थे । आफ्नो घरभित्रै पनि आफुले अप’मान सहेर बचेका झुप्रीले बताएकी छिन । गीत गाउँदा पनि यस्तालाई गीत गाउन के रहर लाग्यो होला भन्दै गाउँलेले घृ’णा गरेपछि आफुले अरुको अगाडि गीत गाउँन छो’¥डेको उनले बताएकी छिन् ।

दृष्टि’विहिन भए पनि झुप्रीले घाँस, दाउरा का’ट्ने, खाना पकाउने, गाइबस्तुको स्य’हार गर्नेजस्ता घरायसी सम्पूर्ण काम गर्थिन् । उनको कोही पनि साथी थिएनन् । यस्ता काम एक्लै गर्थिन् । त्यसरी गाउँलेको तिर’स्कार सहेर बसेकी झुप्री अहिले नेपालीको लोकप्रिय गायिका बनेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *