कुनै दिन बाटोमा गीत गाउने यी महिलालाई सलमान खानले ५५ लाखको घर नै गिफ्ट दिए

कुनै दिन बाटोमा गीत गाउने यी महिलालाई सलमान खानले ५५ लाखको घर नै गिफ्ट दिए

बलिउड सुपरस्टार सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भएकी थिइन् ।

त्यसपछि उनलाई भारतीय गायक हिमेश रेश्मियाले आफुसँगै गीत गाउन लगेका थिए । हिमेशको गीत गाएपछि झनै चर्चामा आएकी रानुलाई सलमान खानले एक फ्लाय्ट किनिदिएको जनाइएको छ ।

टुडेखबरले स्रोलाई उद्रित गरेर लेखेको उल्लेख गर्दै जनसत्ता डटकमले जनाए अनुसार मुम्बईमै सलमानले सो घर गिफ्ट गरेका हुन् । सामाजिक योगदान गर्दै आएका सलमान खानले उनलाई सहयोग गरेको आधिकारीक खबर भने अहिलेसम्म बाहिर आएको छैन् ।

यसका साथै सलमानले रानुलालाई आफ्नो नयाँ फिल्म दवंग–३ मा गीत गाउने मौका समेत जनाइएको छ । अहिले रानु भारतमा मात्रै नभएर विश्वभर नै चर्चामा रहेकी छन् ।

उनलाई बाहिर समेत गीतका लागि अफर आइरहेका छन् भने भोजपुरी इन्डस्ट्रिबाट समेत गाउनका लागि आफर आएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *