नोबेल पुरस्कर विजेता टोनी मोरिसन सधैंको लागि विदा भइन्

नोबेल पुरस्कर विजेता टोनी मोरिसन सधैंको लागि विदा भइन्

वासिङटन : नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको मंगलबार नि धन भएको छ । अमेरिकामा प्रभावशाली अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् ।

पारिवारिक स्रोतका अनुसार छोटो समयका लागि बि रामी परेकी मोरिसनको मंगलबार नि धन भएको हो । उनी ८८ वर्षकी थिइन् ।

परिवारद्वारा जारी विज्ञप्तिमा ‘एक असल आमा, हजुरआमा तथा काकीले आफ्नो परिवार तथा साथीहरूको माझमा शान्तिपूर्ण रूपमा देह त्याग गरेकी’ जनाइएको छ । परिवारले विज्ञप्तिमार्फत ‘मरिसनलाई चिन्ने र माया गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको’ छ ।

सन् १९७० मा पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ प्रकाशन गरेकी थिइन् । उनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन् । उनका सुला, सङ अफ सोलोमन, टार बेबी, बिलोभेड, ज्याज, प्याराडाइज, लभ, अ मर्सी, होम र गड हेल्प द चाइल्ड उपन्यास प्रकाशित छन् ।

सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभेड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो । उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई सन् २०१३ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए । उनी ‘र्‍यान्डम हाउस’ को सम्पादक बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिलासमेत हुन् ।

याे पनि हेर्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *