कम्युनिष्ट सरकारको जनतालाई अर्को उपहार, बाबु बाजेको सम्पत्ति लिँदा समेत कर लाग्ने !

कम्युनिष्ट सरकारको जनतालाई अर्को उपहार, बाबु बाजेको सम्पत्ति लिँदा समेत कर लाग्ने !

सरकारले पैतृक सम्पत्ती हस्तान्तरणमा कर लगाउने भएको छ । अहिले यो विषय छलफलमा छ । राजस्वको दायरा विस्तारका क्रममा अर्थ मन्त्रालयले सामाजिक सुरक्षाको स्याथी व्यवस्थापनका लागि पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयलाई छलफलमा ल्याएको हो। राज्यले नागरिकका लागि उपलब्ध गराइरहेको सामाजिक सुरक्षालाई दीगो र स्थायी बनाउन विभिन्न उपायको खोजी गर्ने क्रममा पैतृक सम्पत्तिको हक हस्तान्तरणमा कर लगाउने अविधारणा पहिलो पटक अघि सारिएको छ।

सामाजिक सुरक्षालाई स्थायी बनाउनका लागि त्यसमा आवश्यक पर्ने वित्तीय व्यवस्था गर्दै अघि बढ्नुपर्ने र यसका लागि सामाजिक सुरक्षा कर वा पैतृक सम्पत्तीको हस्तान्तरणमा कर लगाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

विद्यमान कानुनी व्यवस्थाअनुसार तीनपुस्ता भित्रको पैतृक सम्पत्ती हस्तान्तरणमा कर लाग्दैन। पैतृक सम्पत्ती हस्तान्तरणमा रजिष्ट्रेसनबाहेक अन्य शुल्क तिर्नुपर्दैन। तर सरकारले अब यस्तो सम्पत्तीको हक हस्तान्तरणमा पनि कर लगाउने तयारी गरेको हो। मिडिया डबली

Leave a Reply

Your email address will not be published. Required fields are marked *