निर्मला पन्त ह त्या प्रकरण कुनै नाैलाे विषय हाेइन् : गृहमन्त्री

निर्मला पन्त ह त्या प्रकरण कुनै नाैलाे विषय हाेइन् : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको ह त्या प्रकरण कुनै नौलो विषय नभएको बताएका छन् । गृहमन्त्री बादलले राजधानीकाे एक पत्रकार सम्मेलनमा बाेल्दै निर्मला पन्त ह त्या प्रकरण कुनै नाैलाे विषय नभएकाे बताएका हुन् ।

मंगलबार गृहमन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निर्मला प्रकरणलाई राजनीतिकरण गरिएको आरोप लगाउदै यस्ता घटना भोलिपनि दोहोरिन सक्नेतर्फ संकेत गरेका हुन् ।

गृहमन्त्रालयले निर्मलाका अपराधीलाई संरक्षण गरेको भन्ने आरोप लगाएर घटनालाई राजनीतिकरण गरिएको बताउदै गृहमन्त्रीले दुख व्यक्त गरेका हुन् । नागरिक समाज, राजनीतिक दल, मिडिया, प्रहरी सबै लागेर अपराधीलाई कानुनको कठघरामा ल्याइ पीडितलाई न्याय दिनुपर्ने उनको भनाई थियो ।

गृहमन्त्री थापाले यस किसिमका घटना पूर्णत निषेध गर्न सरकार सफल भएको समेत दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *