रुपा नभईदिएको भए सायद अहिलेसम्म बाँच्ने थिइन

रुपा नभईदिएको भए सायद अहिलेसम्म बाँच्ने थिइन

काठमाडौं : स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’। साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे । तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगि एउटा पाठशाला हो ।

कुलेश्वरस्थित जनमैत्री क्याम्पसनजिकै डेरामा बस्ने रहेछन् कृष्ण वली, हजुरआमाको साथमा । २ बजे उनको डेरामा पुग्दा ७ वर्षीय मामाको छोरासँग ओछ्यानमा पल्टिएर काटुर्न हेरिरहेका थिए उनी । हामी पुग्ने बित्तिकै ‘ए आइपुग्नुभयो भयो’ भन्दै ओछ्यान नजिकैको सोफा देखाएर बस्न भनी अगाडि फर्किए । केही बेरपछि अर्काे कोठाबाट आइन् रुपा वली । उनी श्रीमान् सुतेको ओछ्यानको छेउमा ओढ्ने ओढेर बसिन् । २१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो । अनि रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भने तर हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन । त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् ।

३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला । यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ । त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए । रुपा र कृष्णको बैबाहिक जिबनले २ बर्ष पुरा भएको एनिभर्सरीको दिन शिशिर भण्डारीले भने, ‘म भाग्यमानी थिएँ , जस्ले यो समयका मुना र मदन जस्तै जोडीको कथा बाहिर ल्याउन पाएँ । मैले जीवनमा केहि गरें जस्तो लाग्यो, तिमीहरुको दुखको सारथी बन्न पाएँ । हामीले त हौसला दिने मात्रै हो, जीवनका कठिन र सरल बाटोहरु तिमीहरुले नै हिड्नु छ । यो माया, साथ र बिश्वास कहिल्यै नटुटोस भाई कृष्ण र बहिनी रुपा । तिमीहरुको बैवाहिक जीवन २ बर्ष पुरा भएकोमा मुरी मुरी शुभकामना ।’

त्यो जेठ २५ -रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए ।‘त्यो मेरा लागि कालो दिन हो ।, ‘कृष्ण भन्छन्, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे । ‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ’ रुपाले भनिन्, ‘बितेको कुरालाई किन सम्झिन्छौ र ?’ उनले श्रीमान्को अनुहार हेर्न सकिनन् झ्यालबाट बाहिर हेरिन् ।

दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ । दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए ।

काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् । ‘म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’ १८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो ।

रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे । दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे । ‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’

२०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे । रुपाले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे । दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेको थियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् । आखिरमा जोसँग मन साटिएको थियो उसैसँग भागिन् र फुटुङमा लुकेर बसे ।

अन्तर्जातीय–अन्तर्धार्मिक -रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारले धर्मबारे भने निक्कै कचकच गरेछन् । ‘मैले त भस्मै गाली खाए नि, रुपाले भनिन्, ‘अब केटालाई नि क्रिश्चियन बनाउनु पर्छ भनेका थिए ।’ उता कृष्णलाई भने उनका दाइले सहयोग गरेछन् । दुवैको हिन्दू संस्कारअनुसार विवाह भएछ। हाम्रो कुरा सुनेर बसिरहेकी कृष्णकी हजुरआमा मोती केसीलाई सोधे ‘नातिले रुपासँग विवाह गरेर ल्याउँदा केही भन्नुभएन ?’ उनले मज्जाले हाँस्दै भनिन्, ‘आफूले मन पराएको मान्छेसँग विवाह गर्दा के भन्नु र ? । रुपा मगर भन्ने पनि थाहा थियो र यिनको माया छ भन्ने पनि थाहा थियो । मैले त घर गएर विवाह गराओ भनेर भाडा दिएर पठाएको ।’

चर्किएको त्यो सपना -दुवैले विवाह गरिसकेपछि एउटा सपना बुने । कृष्ण सिभिल इन्जिनियरको काम गर्र्दै रहने । रुपाले नर्सिङ पढ्ने र अस्ट्रेलिया जाने । तर जसै कृष्णको दुर्घटना भयो सपना फेरियो । ‘उसले छात्रवृत्तिमा नाम पनि निकालेकी थिइन्,’ कृष्णले रुपातिर हेर्दै भने, ‘मैले त पढ्न जाउ मलाई हजुरआमाले हेरिहाल्नुहुन्छ भनेको थिएँ । तिमीलाई छोडेर जान्न भनेर मान्दै मानिनन् ।’ कृष्णले बोलिरहँदा चुपचाप सुनिरहेकी रुपाले आफ्नो मौनता तोड्दै भनिन्, ‘कसरी छाडेर जानु । केही बेर काम परेर बैंकमा जाँदा त के गरिरहेको होला भनेर अत्यास लाग्छ ।’ उनका आँखा रसाए । पुलुक्क कृष्णतिर हेरिरहिन् । केहीबेरमा चिया आयो । कृष्ण र रुपाले एउटै कपमा चिया लिए । घरि रुपाले पिइन्, घरि कृष्णले । वाह ! यो माया उनीहरुसँग भेट्दा रुपा त्यत्ति कुरा गर्ने मुडमा थिइनन् । भन्दै थिइन्, ‘आज बोल्ने मुडै छैन ।’ टेलिफोनमा कुरा हुँदा राजी नै थिएँ ।

‘किन र ?’ -उनले भनिन्, ‘रातभर निद्रै परेन । थाकेको जस्तो भइराखेको छ ।’ कृष्णको हेरविचारमै उनको दिन बित्दो रहेछ । बेलुका पनि केही पो प¥यो कि भन्ने लाग्ने रहेछ । उनी मस्त ननिदाएको धेरै भएछ । ‘उसको हरेक काम गर्दा आफ्नै काम जस्तो लाग्छ,’ रुपाले भनिन् । कृष्णलाई भने कतै मेरो कारण उनको जिन्दगी त बर्बाद भइरहेको छैन भन्ने लाग्दो रहेछ । ‘मैले गर्दा तिम्रो जीवन बर्बाद भयो भन्ने गर्छु,’ कृष्णले भने, ‘उनी म जे गर्छु तिम्रो साथमा गर्छु छोडेर जा नभन्नु भन्छिन् ।’

दुर्घटनापछि कृष्णको शारीरिक अवस्था फेरियो । रुपालाई यही बेला मन भड्काउने प्रयास पनि भएछ ‘यसरी त कति समय सँगै बस्न सकिन्छ र’ भन्दै । उमेर भर्खरै । जीवन सुरु नै नहुँदा आएको आपत थेग्न सक्दिन भन्ने पनि रहेछन् । ‘धेरैले मलाई छाडेर जान्छे होला भनेछन् । कसैले अप्रत्यक्ष रुपमा अर्काे विवाह गर्ने भने, ‘रुपाले भनिन्,‘ छोड्ने त के, एकछिन पनि ऊ बाट टाढा हुनै सक्दिन । उसको हात खुट्टा नभए पनि मलाई माया गर्ने मन त छ । मलाई रुपा भनेर बोलाउने बोली उस्तै छ । मायालु नजरले हेर्ने बानी उस्तै छ ।’

कृष्ण भने विरक्तका देखिए । मन सम्हाल्नु पनि कसरी । सग्लो शरीर त्यस्तो भएपछि । तर सहनुको अर्को विकल्प पनि छैन । ‘हरेक काम उसैलाई गराउनुपर्दा साह्रै नरमाइलो लाग्छ,’ कृष्णले भने, ‘शरीर चल्न छाडेपछि दिमाग बढी चल्दो रहेछ । रुपा नजिकै भए पनि कहिलेकाहीँ ह्याङ्गरमा भएको ज्याकेट कसरी झिक्ने होला भनेर सोचिरहेको हुन्छु । आफैँ गएर झिक्न कोसिस गर्छु । तर सक्दिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *