बुढेसकालमा एसईई पास

बुढेसकालमा एसईई पास

काठमाडाैं : बुढेसकालमा एसईई पास गरेर तरूना तन्नेरीहरूका लागि प्रेरणादायी पात्र बनेकी छिन् युगमाया कार्की । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की कार्कीको सफलतालाई हेरे पुग्छ । युगमायाले बिहीबार सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् ।

उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौंमा परीक्षा दिएकी थिइन् । पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन् । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन् जसका कारण अहिले उनी सफल समेत भइन् । उनले भर्खरका युवायुवतीहरूलाई गरे के हुँदैन भन्ने शिक्षा समेत दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *