सिंगापुरमा महिला फ्यानबाट घेरिए पल शाह

सिंगापुरमा महिला फ्यानबाट घेरिए पल शाह

फिल्म ‘बीर विक्रम २’को शोको लागि नायक पल सिंगापुर पुगेका छन् । पल त्यहाँ आयोजित दुई वटा शोमा सहभागी भए । जुन २२ तारिखमा आयोजिक कर्पोरेट शो र २३ तारिखमा गोर्खा पुलिस क्याम्पले आयोजना गरेको ‘बीर बिक्रम २’ को शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको नायक शाहले बताए ।

नायक पल शाह सहभागी भएको उक्त शोहरुमा विशेषतः महिला दर्शकको बढी सहभागीता रह्यो । युवा स्टार महिला फ्यानहरुबाट घेरिए । पलले सिंगापुरको दर्शकलाई धन्यवाद दिदै सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक समेत अपलोड गरेका छन् । जुन भिडियोमा उनको राम्रो क्रेज देखिएको छ । हाल नायक शाह सिंगापुरबाट फर्किसकेका छन् । उनले दर्शकको निकै माया पाएको उल्लेख गरेका छन् । सिंगापुरको रेक्स सिनेमामा शनिबार र आइतबार दुई शो आयोजना गरिएको थियो ।

मिलन चाम्स निर्देशित फिल्म बिर बिक्रम २ मा पल शाहसँगै वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *