हङकङमा ‘ए मेरो हजुर ३’ हाउसफुल

हङकङमा ‘ए मेरो हजुर ३’ हाउसफुल

नेपालमा ५१ दिन मनाइसकेको २०७५ को सफल चलचित्र ‘ए मेरो हजुर ३’ अहिले नेपाल बाहिर प्रदर्शन भईरहेको छ । सुनिल कुमार थापाको निर्माणमा झरना थापा निर्देशित चलचित्र युरोपका विभिन्न देशमा हाउसफुलका साथ प्रदर्शन भईसकेको छ । चलचित्रको बिदेश टुरमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नायिका तथा थापा दम्पतीकी छोरी सुहाना थापा सँगै छन् ।

फिल्मको टुरमा रहेका थापा परिवारको गज्जबको फोटोले धेरैको मन खिचेको पनि छ । विशेष गरि नायिका सुहाना थापाको फोटो दर्शकले अत्याधिक मनपराएका छन् । चलचित्रको भर्खरै कोरिया र हङ्कङमा शो राखिएको थियो र उक्त शो हाउसफुल पनि भयो ।

नायिका तथा निर्देशक झरना थापाले शो हाउसफुल भएको बताउदै केही फोटो सार्वजनिक गरेकी छिन् जसमा झरना र सुहानालाई गाउनमा देखिएको छ । पिन्क कलरको गाउन सुहानालाई खुबै सुहाएको छ र आकाशे निलो गाउनमा झरनालाई धेरै नै राम्री देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *