विश्वभर कोरोनाबाट ११७ नेपालीको मृ’त्यु

विश्वभर कोरोनाबाट ११७ नेपालीको मृ'त्यु

काठमांडाै:  विश्वभर काेराेना भाइरसकाे  संक्रमणका  कारण १ सय १७ नेपालीको मृ’त्यु  छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) काे शनिबारसम्मकाे  तथ्यांक  अनुसार विश्वभर १ सय १७ नेपाली माहामारीका रूपमा फैलिएकाे काेराेनाबाट सधैका लागि बिदा भएका हुन ।

जसमा सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृ’त्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना,  अमेरिकामा १६ , साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको नि’धन भएको छ ।

अत्याधिक कोरोना प्र’भावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

संयोजक डा.सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *