नरैनापुरमा एक प्रहरीमा कोरोना पुष्टि चौकी सिल गरियाे

Breaking
  1. पछिल्लाेे समयमा नेपालमा काेराेनाकाे प्रभाव तिब्रसँग बढिरहेकाे छ । यसकाे प्रत्यक्ष प्रभावमा प्रहरि, पत्रकार र सुरक्षाकर्मी परिरहेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ।

नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत २३ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएलगत्तै शनिबार बेलुकी नै चौकी सिल गरिएको हो। संक्रमित प्रहरी जवानको घर गुल्मी हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहका अनुसार संक्रमित प्रहरी जवान क्वारेन्टिनको ड्युटीमा खटिएका थिए।

नरैनापुर-३ स्थित प्रहरी चौकी सिल गरी त्यहाँ कार्यरत सबै ९ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणमा पठाइने प्रवक्ता सिंहले बताएका छन् ।

नरैनापुर-३ स्थित प्रहरी चौकी सिल गरी त्यहाँ कार्यरत सबै ९ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणमा पठाइने प्रवक्ता सिंहले बताए।

seto pati

Leave a Reply

Your email address will not be published. Required fields are marked *