‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन’

'श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन'

काठमाडौं : नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेपछि बलिउडकि चर्चित अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ ।

भारतीय मिडियाले कोइरालाको चर्को आ’लोचना गरिरहेका बेला केहि नेपाली अनलाइनमा भारतीयलाई जवाफ मनिषाको जवाफ ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन’ भन्दै प्रकासित समाचारहरु निकै चर्चा भयो । जुन कुरा नायिका कोइरालाले नभई उनको नामबाट बनाइएको अर्को ट्वीटरबाट गरिएको ट्वीट थियों ।

मनिषा कोइरालाले नभने पनि यतिबेला संसारभर रहेका नेपालीलाई राष्ट्रप्रेम संग जोड्न ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन’ भन्ने वाक्यले बिशेष अर्थ राख्नेछ किनकि संसारभरका नेपालीलाई आफ्नो मातृभूमि प्रतिको प्रेम जगाउने छ ।

नेपालले जारि गरेको नेपाली नक्साको समर्थन गरेकी नायिका कोइरालाको भारतमा आलोचना भएपनि नेपालमा भने चौतर्फी तारिफ भएको छ । नेपाली छोर्री मनिषाले नेपालको समर्थनमा ट्वीट गरेसंगै देश बिदेशमा रहेका नेपालीले कर्मथलो जहाँ भएपनि मातृभूमि दुखेको बेला सबै एकजुट बन्नु पर्ने संदेश नायिका कोइरालाले दिएको बताएका छन् ।

नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए।

एबिपी न्युजले मनिषालाई ‘चीनको निर्देशनमा एक्टिङ गरेको’ आ’रोप लगाएको थियो। च्यानलले आफ्नो स्क्रोलमा लेखेको थियो, ‘भारतको खाएर चीनको गीत गाउँछ्यौ?’ कतिपय भारतीयहरूले मनिषाको ट्विटमा कमेन्ट गर्दै उनलाई भारत छाड्न भनेका छन्।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *