नेपालमा थप १० जनाले जिते कोरोना

नेपालमा थप १० जनाले जिते कोरोना

बुटवल : शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएका उनीहरू सबै कपिलवस्तुका हुन्। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दोस्रोपटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

१० जना संक्रमित निको भएर घर गएसँगै खाली भएको आइसोलेसनमा क्वारेन्टाइनमा राखिएको संक्रमितलाई सारिने थापाले बताए ।  कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। त्यसमध्ये ३२ जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ पुगेको छ । शनिबार मात्रै नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए । त्यस्तै शुक्रबार नेपालगन्जमा पनि २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *