नेपालमा फेरि थपिए ७ जना कोरोना सक्रमित

नेपालमा फेरि थपिए ७ जना कोरोना सक्रमित

काठमाडौं : नेपालमा थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

हाल देशभरि ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ५ सय ८ जना रहेका । ८९ जना निको भइसकेको मन्त्रालयले जनाएको छ भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *