नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौँ: पछिल्लो अद्यावधिक तथ्यांकअनुसार नेपालमा शनिवार थप ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा शनिबार थप ३६ जनामा कोरोना देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिवार थपिएका संक्रमितमध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । आरडीटी पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका चारै जनाको पीसीआर पोजेटिभ हो ।

कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा झापा गाउँपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर मदरसाका ६ जना, नरैनापुर–३ का १५ जना, नरैनापुर–१ का ६ जना र बर्दियाको बडैयाताल–७ का १ जना तथा सुर्खेत जिल्लामा २ जना पुरुष र १ महिला गरी शनिवार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि शनिबार बिहान मन्त्रालयले थप ३२ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।  शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा संक्रमितको सङ्ख्या ५८४ पुगेको छ।

डा. देवकोटाका अनुसार हाल देशभरि ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ सय ८ जना रहेका र ७० जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *