कोरोना संक्रमणबाट भूपू गोर्खा सैनिकको मृ’त्यु

कोरोना संक्रमणबाट भूपू गोर्खा सैनिकको मृ'त्यु

बेलायत : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू गोर्खा सैनिकको ज्या’न गएकाे छ । विश्वव्यापी म’हामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट बेलायतमा पूर्व गोर्खा नारायण कोन्मे गुरुङको ज्या’न गएको हाे ।

श्वासप्रश्वासमा समस्या आएपछि अप्रील २६ मा अस्पताल भर्ना भएका गुरुङको सोमबार मृ’त्यु भएको हो । कोरोनाको पुष्टि भएका उनको ननिटनको ‘जर्ज इलिएट अस्पताल’मा उपचारको क्रममा मृ’त्यु भएको हो । नेपालको स्थायी ठेगाना पर्वत भएका ७५ वर्षीय गुरुङ श्रीमती दुई छोरा र एक छोरीसहित बेलायतमा नै बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृ’त्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।

याे पनि : महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृ’त्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृ’त्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृ’त्यु अन्य कारणबाट भएको जनाएको हो ।

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार नि’धन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रो’कथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *