कोरोना विरुद्ध ‘प्लाज्मा’ उपचार पद्धति सफल

कोरोना विरुद्ध ‘प्लाज्मा’ उपचार पद्धति सफल

एजेन्सी : कोरोना संक्रमित (कोभिड-१९)लाई दक्षिण कोरियामा प्लाज्मा उपचार पद्धति मार्फत सफल उपचार गरिएको छ | यो पद्धतिद्वारा संक्रमित दुई जनाको सफल उपचार गरिएको सेभरान्स अस्पतालले जनाएको छ । कोरोना संक्रमितलाई उपचार गर्दा भ्याक्सिनको प्रयोग नगरि वि\रामीहरुलाई सञ्चो बनाइएको यो पहिलो घटना भएको अस्पताल श्रोतले दा’बी गरेको छ ।

कोरियाली रो’ग तथा प्र’कोप नि’यन्त्रण केन्द्रका अनुसार ७१ बर्षीय एक पुरुष तथा ६७ बर्षीया महिला उपचार पश्चात घर फर्किएकी छन् । उनीहरुमा अन्य वि’रामीहरुलाई भन्दा फरक पद्धति अपनाएर प्लाज्माको उपचारमा प्रयोग गरिएको उपचार पद्धति प्रयोग गरेर निको बनाएर घर पठाइएको अस्पताल श्रोतले जनाएको हो ।

करिव १२ घण्टामा ५०० मिलि प्लाज्मा स्वस्थ व्यक्तिबाट लिएर कोरोना संक्रमितहरुमा प्र’त्यारोपण गरिएको थियो । सुरुमा ज्वरो मात्र आएका ती मानिसहरुमा पछि फोक्सोमा निमोनिया देखिएको थियो तर प्लाज्मा उपचार पश्चात उनीहरु विलकुल स्वस्थ भएको अस्पताल श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *