कोरोना नियन्त्रण तथा रोकथाम कोषमा मेयरले गरे १ लाख ५ सय सहयाेग

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा मेयरले गरे १ लाख ५ सय सहयाेग

अछाम, २५ चैत : मंगलसेन नगरपालिकाले कृषि विकास बैंक मंगलसेनमा स्थापना गरेको कोरोना भाईरस सं’क्रमण रोकथाम कोषमा नगरप्रमुख पदमबहादुर बोहराले १ लाख ५ सय सहयोग गर्नुभएको छ । नगरले स्थापना गरेको कोषलाई बलियो बनाउन तथा कोरोना सं’क्रमणको सम्भावित जो’खिम न्यु’निकरणमा सहयोग पुगाउने उदेश्यले कोषमा रकम जम्मा गरेको नगरप्रमुख बोहराले बताउनुभयो ।

देशै आ’पतमा परेका बेला र संसारै कोरोना भाईरस बि’रुद्ध लडिरहेका बेला नगरपालिकाले खडा गरेको कोषमा आफुले सक्दो सहयोग गरेको नगरप्रमुख बोहराले बताउनुभयो । नगरपालिकाले सम्भावित जो’खिम न्युनिकरणका लागि ३० लाखको कोरोना भाईरस सं’क्रमण रोकथाम, राहत तथा उपचार कोष स्थापना गरेको छ ।

कोषमा सहयोग गर्न चाहने ब्याक्ति तथा संस्थालाई कृषि विकास बैंक मंगलसेनमा रहेको कोषको खाता नम्वर ०८२२६०१६०७००९०१० मा जम्मा गरेर सहयोग गरिदिनु मंगलसेन नगरपालिकाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *