कोरोना कोषमा एक महिनाको तलब दिने देबकोटाको घोषणा

कोरोना कोषमा एक महिनाको तलब दिने देबकोटाको घोषणा

अछाम :ढकारी गाउँपालिकामा कार्यरत कृषि प्राबिधिक कृष्ण प्रसाद देबकोटाले गाउँपालिकाले स्थापना गरेको कोभिड १९ सहयोग कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । 

उनले सहयोग कोषमा आफ्नो एक महिनाको तलब बराबरले हुन आउने करिब २७ हजार बराबरको सहयोग गर्ने घोषणा गरेका हुन् । सडक मिडिया संग कुरा गर्दै देबकोटाले सरकारका पछिल्ला निर्णय स्वागत याेग्य छन् तर कार्यान्वयन गर्ने हाम्राे कर्तव्य बिर्सियौ भने बिपद् कुल्ला हालेर अाउदैन सतर्क हुन् आवस्यक छ  । ढकारी गाउँपालिका ले पछिल्लाे कार्यपालिका बाट गरेका निर्णयहरु हामी सबैकाे लागि हाे,स्वास्थ्य सामाग्रि लगायत अति अावस्यक सामाग्रि खरिद, भाेकमरी बाट किसान, दैनिक मजदुरी गरिखाने बर्ग लाई समस्या नअावस भन्नकाे लागि बिपद् व्यावस्थापन काेष निर्माण गरेकाे छ । आफुले सहयोग गरेको रकमले धेरै ठुलो सहयोग नभए पनि पीडित हरुको घाउमा मलहम लगाउन सहयोग पुग्ने बताए ।उक्त काेषमा आफ्नो  तर्फबाट अाफ्नाे एक महिनाकाे पारिश्रमिक जम्मा गर्ने निर्णय लिएकाे उनले भने साथै यो बेला कृषक बढी समस्यामा  रहेकोले सरकारले कृषक हरुका समस्या लाई बिशेश प्राथमिकतामा राख्नु पर्ने बताए । साथै यो भन्दा पहिले आफ्नै ब्याक्तिगत लगानीमा करिब १०,०००प्रती सचेतमामुलक पम्पलेट हरु पनि गाउँगाउमा बाडेको बताए । साथै आगामी दिनमा जस्तोसुकै परिस्थितिमा पनि आफू सहयोग गर्न तयार रहेकोे उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *