सोसेक नेपाल दैलेखद्धारा पञ्चदेवल विनायक नगरपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण

सोसेक नेपाल दैलेखद्धारा पञ्चदेवल विनायक नगरपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण

सामाजिक सेवा केन्द्र शोसेक नेपालद्धारा पञ्चदेवल विनायक नगरपालीकामा खाद्यान्न बिभिन्न तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

DCA नेपाल र शोसेक नेपाल दैलेखले विश्वलाइनै आक्र्रान्त पारेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक स्वास्थ्य सामाग्री तथा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका लागी आज हस्तान्त्रण गरेको हो ।

संस्थाका प्रतिनिधि रमेश रावतले पञ्चदेवल विनायक नगरपालीका प्रमुख देवराज देवकोटा उपप्रमुख अम्बिका चलाउने प्रम’ख प्रशासकिय अधिकृत पदम माझि लाइ उक्त सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।

पञ्चदेवल विनायक नगरपालीकाको लागी ६० प्याक चामल, ६० केजि दाल ३० केजि चिनी ८ केजि चियापत्ति ६० केजि नुन ६० पोका तेल, मास्क, ५ ओटा पिपि सेट सेनिटाइजर आज नगरपालीका लाइ हस्तान्तरण गरीएको छ । देश लक डाउनको अवस्थामा खाद्यान्न लगायत दैनिक उपभोग्यका सामाग्रीको सहज आपुर्ती नहुदा नगरपालिकामा विपन्न परिवार, वादी समुदाय, एचआइभी संक्रमित,पिछडिएका वर्ग लगायतका मानिसलाई अत्यावस्यकका सामाग्री वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *