कोरोना: भारतमा १ सय २२ काे ज्या’न ग’याे

कोरोना: भारतमा १ सय २२ काे ज्या'न ग'याे
एजेन्सी : छिमेकि मुलुक भारतमा कोरोना सं’क्रमणका कारण ज्यान गु’माउनेको संख्या १ सय २२ पुगेको छ। साेमबारसम्म चार हजार चार सय ६० जना सं’क्रमित भइसकेका भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, झारखण्डमा एक जना नयाँ सं’क्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ५ नयाँ सं’क्रमित भेटिएका थिए । भारतमा सोमबारसम्म बिहान ९ बजेसम्म दुई सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ। भारतमा ७ लाख र्‍यापिड टेस्टिङ किट ल्याइँदै इन्डियन काउन्सिल अफ मेडिकल रिपोर्ट (आइसिएमआर) अनुसार भारतमा ७ लाख र्‍यापिड एन्टी बडी टेस्टिङ किट ल्याउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। आइसिएमआरका अनुसार यी किट अगल अलग समयमा ल्याइने भएको छ। पहिलो चरणमा पाँच लाख किट ल्याइने जनाइएको छ। यी र्‍यापिड किटमार्फत एक थोपा रगतबाटै १० मिनेटभित्र कोरोना संक्रमण भए नभएको पत्ता लाग्नेछ। यसैगरी विश्वभर काेराेना भाइरसकाे संक्रमणका कारण मृ’त्यु हुनेकाे संख्या ६९ हजार नाघेकाे छ । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार साेमबार बिहानसम्म निकालेकाे तथ्यांकअनुसार विश्वका दुई सय चार देशमा यसकाे संक्रमण फैलिसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *