गजल – दीप दर्शन

गजल – दीप दर्शन

कतै धोका हुनसक्छ पछि बिचार गर्नु
बिचार गर्नु निकै बिचार गरेर प्यार गर्नु

बन्दुक बोकेर दुश्मनको अखाडामा छु
कसरी भनौं म तिमीलाई इन्तजार गर्नु

आउ बस एकैछिन केहि बात मारौंला
हामी बेरोजगार त हौं किन हतार गर्नु

यो बजारमा ठगहरुको बिगबिगी छ !
जोगिनु ठगबाट जोगिएर ब्यापार गर्नु

गलत कुराको प्रचार गर्नु अपराध हो !
सत्य साँचो कुरा बुझेर मात्र प्रचार गर्नु
दीप दर्शन ,जाजरकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *