गजल : प्रदिप राेदन

गजल : प्रदिप राेदन

साथ दिन्छु पक्का छु वचनको तपाई भन्नुहुन्छ
फेरि भरोसा छैन यो जिबनको तपाईं भन्नु हुन्छ

म पैसा हराएर न्याय खोज्न आएको हु
फेरि दस्तुर तिर्नुपर्छ निवेदनको तपाई भन्नुहुन्छ

बाटो भरि यी सिक्काहरु काहा बात खस्यो?
खल्ती हुँदैन कफनको तपाई भन्नुहुन्छ

नजिक हुनेले त हो छुरा धस्ने भनेको
मलाई मारेर फन्को तपाई भन्नुहुन्छ

इज्जत जोगाउन बहुत गाह्रो छ दुस्मनको सामु
द्रोपती को थिन दुर्योधनको तपाई भन्नुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *