कोरोना संक्रमित लाई रेफर गरि अन्यत्र लिनु परे सबै यातायात खर्च ट्रेड युनियन काङ्ग्रेस अछामले व्यहोर्ने

कोरोना संक्रमित लाई रेफर गरि अन्यत्र लिनु परे सबै यातायात खर्च ट्रेड युनियन काङ्ग्रेस अछामले व्यहोर्ने

अछाम : नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामले अछाम जिल्लामा कोभिड- १९( कोरोना भाइस) बाट कुनै पनि संक्रमित ब्याक्ति वा संकास्पद ब्याक्ति लाई रेफर गरि अन्यत्र लैजानु पर्ने अवस्थामा लाग्ने खर्च व्यहोर्ने भएको छ ।

बिहिवार बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो । ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइ र प्रबक्ता सुशील भण्डारी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । वर्तमान अवस्थामा बिश्वमै व्यापक रूपमा फैलिएको कोभिड- १९( कोरोना भाइस)को संक्रमणबाट बिश्व नै त्रसित भएको बिश्व परिस्थितिको बारेमा हामी सबै अवगत नै छौं । यस भाइरसको संक्रमण नेपालमा पनि देखा परिसकेको अवस्था छ । यसै अवस्था लाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि संक्रमण फैलिन नदिन देश लाई नै (लक डाउन) घोषणा गरिसकेको अवस्था छ । कोरोनाको संक्रमण बाट सुदुरपश्चिम् पनि उच्च जोखिममा रहेकोे छ ।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएर केहीको मृत्यु समेत भइसकेको परिस्थितिमा छिमेकी देश बाट नजिकैको नाका बाट नेपालमा पनि यसको संक्रमण भित्रीन सक्ने अवस्था लाई मध्यनजर गर्दै सबै नागरिकले अा- अाफ्नाे ठाउँमा सावधानी अपनाउन हुन् नेपाल ट्रेड युनियन काङ्ग्रेस अछाम सबैमा अपिल गर्दछ।भारत बाट अछाम आएका विभिन्न स्थानीय तहका ५० जना नागरिक लाई मंगलसैनमा क्वारेन्टाइनमा राखिएको अवस्थामा अछाममा पनि यसको संक्रमण फैलिने जोखिम

धेरै नै देखेकोले सबै अछाम बासी दाजुभाइ तथा दिदीबहिनी तथा आमाबुवाहरुले सरसफाइमा विशेष ध्यान दिनुका साथै भिड्भाडमा नजान ,अत्यावश्यक काममा निस्कनु परे मास्क लगायत ब्याक्तिगत सुरक्षाका सामाग्री प्रयोग गरेर मात्रै हामी सबैमा हार्दिक अनुरोध गर्दछौं ।

अछाम जिल्लामा कुनैपनि संक्रमीत ब्याक्ति वा संकास्पद
ब्याक्तिलाई रेफर गरि अन्यत्र लैजानु पर्ने अवस्थामा लाग्ने सबै यातायात खर्च नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामले व्यहोर्ने यसै बिज्ञप्ति मार्फत जानकारी गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *