आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कमलबजार द्वारा मास्क बितरण

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कमलबजार द्वारा मास्क बितरण

अछाम : आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कमलबजार अछामले मास्क बितरण गरिएको छ ।

विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड-१९) को उच्‍च जोखिमलाई मध्यनजर राखि कम्पनीले उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरणको लागि कमलबजार नगरपालिकाका विभिन्न ठाँउ हरुमा करिब  चार सय पचास   पिस माक्स बितरण गरेको हो । उपशाखा प्रमुख महेश जैसि आफै गाउँमा पुुुुगि मास्क बितरण गर्नु भएको हो ।

यो सानो सहयोग भए पनि यसले दुखको घडिमा ठुलो राहत दिने उपशाखा प्रमुख जैशिले बताउनु भयो । साथै यो घडिमा हुने बिभिन्न खाले कालो बजारि तथा क्रृतिम अभाब बारे पनि सरोकार निकाएले ध्यान दिन जरुरि रहेको जैशिले भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *